नेप्सेमा १५.३३ अंकको वृद्धि, सेयर कारोबारमा भने गिरावट !

सोमबार नेप्से परिसूचक १५.३३ अंकले बढेर २१०१.१६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१४ कम्पनीको कुल १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर ३ अर्ब ५८ करोड ६९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १९९ कम्पनीको सेयर मूल्य बढेको छ, ४५ कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन बोट्लर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा एनआइसी एसिया ग्रोथ फण्ड २ रहेकाे छ जसको सेयर मूल्य ८.८९% ले घटेको छ। कारोबार रकम आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड २ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा एनएमबी सुलभ इन्भेष्मेन्ट फण्ड २ को कारोबार भएको छ।

Comments

Back to top