नेप्सेमा १०.५० अंकको गिरवाट, सेयर कारोबार ४ अर्ब ८ करोड !

आइतबार नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०५ कम्पनीको कुल १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ९१ कम्पनीको सेयर मूल्य बढेको छ, १४८ कम्पनीको मूल्यमा गिरावट छ भने, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

 

यस दिन समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा एनआइसी एसिया ग्रोथ फण्ड २ रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६२ करोड ४७ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top