स्वाभिमान लघुवित्तको साधारण सभा फागुन २० गते बस्दै

स्वाभिमान लघुवित्तको ७ औं वार्षिक साधारण सभा फागुन २० गते आइतबार बस्ने भएको छ । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको आफ्नै केन्द्रीय कार्यालय तिलोत्तमा–५, रुपन्देहीमा अपरान्ह ११ बजेदेखि बस्ने निर्णय गरेको हो।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका विषय छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालु आवको लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना संचालकको नियुक्ती गरी रिक्त पदमा मनोनयनको अनुमोदन गर्नेछ ।

त्यसैगरी, अन्य इजाजतपत्र प्राप्त घ वर्गका वित्तीय संस्थासंग मर्जर वा प्राप्ति गर्न र गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक प्रक्रिया अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । नेप्सेमा ११ गतेसम्म कारोबार भइ कायम शेयरधनीमात्र सभामा भाग लिन सक्नेछन्।

Comments

Back to top