सिटिजन लाइफ इन्स्योरेन्सको ४.३४ लाख कित्ता शेयरको लकइन फागुन २७ पछि सकिने

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ४ लाख ३४ हजार बढी कित्ता साधारण शेयरको लकइन अवधि आउँदो फागुन २७ गतेपछि सकिने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो। कम्पनीले साधारण शेयर (आइपीओ जारी) गर्दा सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५०० रुपैयाँ छुट्याएको थियो। कम्पनीले सर्वसाधारणलाई जारी पुँजीको ३० प्रतिशतले हुन आउने १ करोड १२ लाख ५० हजार कित्ता बिक्री खुला गरेको थियो।

नेपाल धितोपत्र बोर्डको निर्देशनपछि कम्पनीले सामूहिक लगानी कोषलाई छुट्याएकोमध्ये ४ लाख ३४ हजार ९०६ कित्ता शेयर लकइनमा राखेको थियो। सोही शेयरको लकइन अवधि अब फागुन २७ गतेपछि सकिने कम्पनीले जनाएको छ।

Comments

Back to top