नेप्सेमा ५.७४ अंकको वृद्धि , बढ्यो कारोबार रकम पनि !

बिहिबार नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१७ कम्पनीको कुल ९१ लाख ७१ हजार ७१० कित्ता सेयर ३ अर्ब २१ करोड २२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १६८ कम्पनीको सेयर मूल्य बढेको छ, ६८ कम्पनीको मूल्यमा गिरावट छ भने, ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ रहेकाे छ जसको सेयर मूल्य ९.९७% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ८७ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमाका आधारमा अपी पावर कम्पनी लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top