सामुदायिक र विपिडब्लु लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृति

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकले मर्जरको लागी स्वीकृती प्रदान गरेको छ । कम्पनीको विशेष साधारण सभाले सम्झौताअनुसार बिपिडब्लु लघुवित्तको १ शेयर बराबर सामुदायिक लघुवित्त ०.८५३५ कित्ता शेयर कायम हुने गरी शेयर स्वाप रेसियो स्वीकृत गरेको थियो।

दुई लघुवित्तबीच मर्जर सम्बन्धी प्रारम्भिक सहमति गरी राष्ट्र बैंकमा संयुक्त निवेदन दिएको थियो । सोहि निवेदनको आधारमा राष्ट्र बैंकले लघुवित्तलाई गाभ्ने र गाभिने सम्बन्धमा सैद्धान्तिक सहमतिलाई स्वीकृती प्रदान गरेको हो ।

 

Comments

Back to top