नेप्सेमा ४.९२ अंकको वृद्धि , २ अर्ब ८४ करोडको सेयर कारोबार !

बुधबार नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१३ कम्पनीको कुल ७७ लाख ३२ हजार २३४ कित्ता सेयर २ अर्ब ८४ करोड २५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १६८ कम्पनीको सेयर मूल्य बढेको छ, ६८ कम्पनीको मूल्यमा गिरावट छ भने, ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा ९.५% एनसीसी डिभेन्चर रहेकाे छ जसको सेयर मूल्य ५.२५% ले घटेको छ। कारोबार रकम र भोल्यूमाका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ८२ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top