नेप्से इन्ट्राडे अपडेट: २.४६ अंकको वृद्धि!
बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक २.४६ अंकले बढेको छ।
दुई घण्टामा नेप्से २.४६ अङ्कले बढेर २०८८.८१ मा आएको हो। २९७ कम्पनीको ३,१२०,३३२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब १६ करोड ५४ लाख बराबरको कारोबार भएको छ।
यसदिन टप गेनरमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ५.४२% ले घटेको छ।
Comments