मल्टिपर्पस फाइनान्सको फागुन १८ गते वार्षिक साधारण सभा

मल्टिपर्पस फाइनान्सले फागुन १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीले यसअघि नै लाभांश वितरण नगर्ने घोषणा गरिसकेकाले साधारण सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश हुने छैन ।

साधारण सभामा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि फागुन ६ गते बुक क्लोज हुनेछ ।

तसर्थ, फागुन ३ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज सप्तरीमा दिउँसो १ बजे सुरु हुनेछ ।

Comments

Back to top