सिउरी न्यादी पावरले आइपीओ निष्कासन गर्ने

सिउरी न्यादी पावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो।

कम्पनीले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने लागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

आइपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा गएका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने छ ।

Comments

Back to top