क्यामरुन बन्याे औलाेविरुद्धकाे खाेप अभियान शुरु गर्ने पहिलाे देश
अफ्रिकी देश क्यामरुन औलोविरुद्धको खाेप अभियान शुरु गर्ने पहिलो देश बनेको छ । अरू केही अफ्रिकी देशमा पनि परीक्षण र केही प्रयोग शुरु भए पनि अभियानकै रूपमा खोप लगाउने क्यामरुन पहिलो देश बनेको बीबीसीले जनाएको छ ।
यसअघि क्यामरुनसहित केन्या, घाना र मलावीमा गरेको परीक्षणबाट खोप प्रभावकारी र सुरक्षित पाइएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खोपलाई मान्यता दिएको छ । क्यामरुनले अर्को वर्षमा समेत गरेर छ महिनामाथिका साढे दुई लाख जना बालबालिकालाई औलोविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । तर अफ्रिकी देशहरूका अभिभावक बालबालिकालाई खोप लगाउन सजिलै तयार नहुने कारण अभियान चुनौतीपूर्ण रहेको छ ।
क्यामरुनमा प्रत्येक वर्ष ६० लाख मानिसमा औलो पुष्टि हुन्छ र तीमध्ये चार हजार जनाको ज्यान जाने गरेको छ । मृतकमध्ये धेरैजसो पाँच वर्षमुनिका बालबालिका रहेका छन् ।
Comments