साताको दोस्रो कारोबार दिन नेप्सेमा १४.५७ अंकको वृद्धि !

सोमबार नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१० कम्पनीको कुल ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर २ अर्ब ४३ करोड ८० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ, ८६ कम्पनीको मूल्यमा गिरावट छ भने, १३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक बढेको छ र ४ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको हो।

प्रमुख कारोबार

यस दिन टप गेनरमा नेपाल दुरसंचार कम्पनी लिमिटेड र पिपुल्स् पावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.७८% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ५९ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमा सबैभन्दा धेरै न्यादी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top