युनाइटेड इदी मर्दीको लाभांश घोषणा

युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावर लिमिटेडले ५.७८९ लाभांश घोषणा गरेको छ ।

कम्पनीको आइतबार (माघ २१ गते) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) दिने निर्णय गरेको हो ।

कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।

यता, कम्पनीले लाभांश पारित गर्न फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्नेछ ।

यसर्थ, फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । यसअघि आर्थिक वर्ष २०७८(७९ को नाफाबाट कम्पनीले १०।५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Comments

Back to top