पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर बनाइएका संरचना हटाइँदै

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ ।

कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाण्डाै महानगरपालिकाको प्राविधिक टोली जग्गाको सीमाङ्कनसहित खोजी कार्यमा जुटेको छ । कोषका प्रवक्ता रेवतीरवण अधिकारीले शुक्रवारदेखि महानगरको प्राविधिक टोलीको सहयोगमा जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमाङ्कनसहित खोजी कार्य शुरु गरेको बताए ।

एक/दुई दिनमा सीमाङ्कन र जग्गा खोजीकाे काम सकेर त्यस्ता संरचनालाई भत्काइने उनको भनाइ छ ।

Comments

Back to top