नेप्सेमा गिरावटको क्रम जारी, घट्यो सेयर कारोबारमा पनि !

आइतबार नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०७ कम्पनीको कुल ९२ लाख ७२ हजार ५८२ कित्ता सेयर ३ अर्ब २१ करोड ६७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको छ, १३२ कम्पनीको मूल्यमा गिरावट छ भने, ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक घटेको छ र ४ उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक, फाइनान्स्, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो।

प्रमुख कारोबार

यस दिन टप गेनरमा यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.३७% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ५८ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमा सबैभन्दा धेरै निफ्राको कारोबार भएको छ।

Comments

Back to top