राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी

राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्ने तयारी गरिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि फागुन २० गते सकिने भएपछि २९ गतेका लागि सम्भावित कार्यसूची तय गरिएको हो ।

राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले तयार गरेको सम्भावित कार्यसूचीबमोजिम अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने तयारी भएको हो ।

भावी अध्यक्षका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ ।

माघ १० गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्य निर्वाचित भइसकेका छन् ।

एक जना भने राष्ट्रपतिबाट मनोनित हुने छन् । संघीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।

Comments

Back to top