प्रिओपन सेसनमा नेप्सेमा ०.४५ अंकको वृद्धि !

आइतबार प्रिओपन सेसनमा नेप्से ०.४५ अंकले बढेको छ।

बिहिबार ३०.९२ अंकले घटेर २०६७.०१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०६७.४७ मा खुलेको हो। कुल ६१० कित्ता सेयरको खरिदबिक्री करिब ३ लाख ५५ हजारमा कारोबार भएको छ।

 

यस सेसनमा कारोबारमा आएका १८ कम्पनीमध्ये ६ को मूल्य बढ्यो भने ८ को मूल्य घट्यो। बाँकी ४ कम्पनीको मूल्यमा भने परिवर्तन छैन।

यस अवधीमा कुल २८ पटक ट्रान्ज्याक्सन भएको छ।

 

Comments

Back to top