नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यस वर्ष लाभांश नबाँड्ने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ।

कम्पनीको आज माघ १९ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

Comments

Back to top