बिहिबार नेप्से परिसूचक ३०.९२ अंकले घट्यो, सेयर कारोबारमा पनि गिरावट !

बिहिबार नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०९ कम्पनीको कुल १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर ४ अर्ब १८ करोड ६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १९ कम्पनीको सेयर मूल्य बढेको छ, २२६ कम्पनीको मूल्यमा गिरावट छ भने, १ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ र १ उपसमूहको परिसूचक बढेको छ। यस दिन फाइनान्स् उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.१० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा सामलिङ पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.४२% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५४ करोड १ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top