नेप्सेमा २१.६७ अंकको गिरावट, सेयर कारोबार ५ अर्ब २९ करोड!

बुधबार नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३१३ कम्पनीको कुल १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर ५ अर्ब २९ करोड ५६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ, २१५ कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ र १ उपसमूहको परिसूचक बढेको छ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा सामलिङ पावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मेन्छियाम हाइड्रोपवार कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.८७% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६३ करोड ८७ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top