नेप्सेमा १४.८८ अंकको वृद्धि, सेयर कारोबारमा पनि वृद्धि!

मंगलबार नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०८ कम्पनीको कुल १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर ५ अर्ब ५४ करोड ४२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १५२ कम्पनीको सेयर मूल्य बढेको छ, ८५ कम्पनीको मूल्यमा गिरावट छ भने, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक बढेको छ र ४ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मिड सोलु हाइड्रोपवार कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.३५% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७५ करोड २७ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top