नेप्से इन्ट्राडे अपडेट: १५.३४ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक १५.३४ अंकले बढेको छ।

दुई घण्टामा नेप्से १५.३४ अङ्कले बढेर २१२०.०७ मा आएको हो। २९७ कम्पनीको ७,१३६,७७० कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ७४ करोड बराबरको कारोबार भएको छ।

 

यसदिन टप गेनरमा नेपाल रिइस्योरेन्स् कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.३९% वृद्धि भएको छ भने टप लुजरमा मिड सोलु हाइड्रोपावर लिमिटेड  रहेको छ जसको सेयर मूल्य ९.९६% ले घटेको छ।

 

Comments

Back to top