हिमालयन लाइफ इन्स्योरेन्सको माघ १८ गते साधारण सभा

३ वटा जीवन बिमा कम्पनीहरु मर्ज भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्समा साविकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएका हुन् । हिमालयनले आव २०७८/७९ को सञ्चित नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लाभांश बिनै यसको बिहीबार माघ १८ गते साधारण सभा बस्दैछ ।  साधारण सभामा आर्थिक वर्ष २०७८/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

साधारण सभा मार्फत सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट पनि ३ जना सञ्चालकहरुको निर्वाचन हुनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । साधारण सभा, सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

Comments

Back to top