दरबार हत्याकाण्डको छानबिन गर्छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।

बाराको सिमरा विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डको छानबिन गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले व्यवस्थाविरुद्ध षडयन्त्रपूर्ण गतिविधि भइरहेको भन्दै आक्रोश पनि व्यक्त गरे । उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई छैन ।’

पूर्व राजा ज्ञानेन्द्र शाहका गतिविधि बढिरहँदा प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डको छानबिन गर्ने बताएका हुन् ।

दरबार हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्रको सम्पूर्ण परिवार नै मारिएको थियो । तत्कालिन युवराज दिपेन्द्रले उक्त हत्या गरेको त्यतिबेला गठित छानबिन आयोगले ठहर गरेको थियो ।

Comments

Back to top