नेप्सेमा १०.२६ अंकको वृद्धि, सेयर कारोबार ४ अर्ब ५६ करोड !

सोमबार नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३११ कम्पनीको कुल १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ५६ करोड ६५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १५० कम्पनीको सेयर मूल्य बढेको छ, ८६ कम्पनीको मूल्यमा गिरावट छ भने, ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ र ३ उपसमूहको परिसूचक घटेको छ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा यूनियन हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा गरिमा डिभेन्चर, २०८५ रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड १६ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top