माल्दिभ्सका सांसद कुटाकुटमा उत्रिए, केही अस्पताल भर्ना

माल्दिभ्सको संसद् भित्रै सांसदहरु एक आपसमा कुटाकुटमा उत्रिएका छन् ।

झडपमा केही सांसदको टाउकोमा चोट लागेको छ । घाइते केही सांसदलाई अस्पताल भर्ना गरिएको छ ।

विपक्षी सांसद र सत्तारूढ दलका सांसदबीच हात हालाहाल भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति मोहम्मद मुइज्जुको मन्त्रिपरिषद्मा चार सदस्यलाई अनुमोदन गरेको विषयलाई लिएर आइतबार संसदमा तनाव भएको हो ।

मुइज्जु सरकारका समर्थक र विपक्षी सांसदबीच संसद भित्रै झडप भएको बीबीसीले जनाएको छ । संसद अवरुद्ध गर्दै सांसदले सभामुखको कुर्सीमा हर्न फुकेर विरोध जनाएका थिए ।

संसद भित्रको झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

Comments

Back to top