प्रिओपन सेसनमा नेप्सेमा ३.०१ अंकको वृद्धि !

सोमबार प्रिओपन सेसनमा नेप्से ३.०१ अंकले बढेको छ।

आइतबार १०.३७ अंकले बढेर २०९४.४६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०९७.४८ मा खुलेको हो। कुल ६,०८३ कित्ता सेयरको खरिदबिक्री करिब २३ लाख ४४ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ५६ कम्पनीमध्ये २९ को मूल्य बढ्यो भने २२ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा भने परिवर्तन छैन।

यस अवधीमा कुल १०६ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top