अमेरिकी आधार शिविरमा ड्रोन हमला , तीन सैनिकको मृत्यु दर्जनौं घाइते

सिरिया र जोर्डनको सिमानामा रहेको अमेरिकी आधार शिविरमा भएको ड्रोन हमलामा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । आक्रमणमा अन्य दर्जनौं सैनिक घाइते भएका छन् ।

इरान समर्थित लडाकु समूहले आफ्नो शिविरमा हमला गरेको अमेरिकाको दाबी छ । यद्यपी, आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले कट्टरपन्थी इरान समर्थित लडाकु समूहलाई अमेरिकाले उचित जवाफ दिने चेतावनी दिएका छन् ।

इजरायलमा हमासले गत अक्टोबर ७ मा गरेको आक्रमणपछि सो क्षेत्रमा अमेरिकी सेनामाथि भएको आक्रमण पहिलो पटक हो ।

जोर्डनले भने आक्रमण आफ्नो भूमी भित्र नभई सिरियामा भएको बताएको छ । पछिल्लो समय अमेरिकी क्याम्पहरुमा आक्रमण भएका समाचार सार्वजनिक भइरहे पनि हताहतीको विवरण भने नआएको बीबीसीले जनाएको छ ।

Comments

Back to top