आइतबार नेप्सेमा १०.३७ अंकको वृद्धि, ३ अर्ब ८३ करोडको सेयर कारोबार !

आइतबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०६ कम्पनीको कुल १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर ३ अर्ब ८३ करोड ३७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १७३ कम्पनीको सेयर मूल्य बढेको छ, ७० कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक घटेको छ र ५ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा मिड सोलु हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा चन्द्रागिरी हिल्स् लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.८६% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ९३ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै न्यागदी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top