बाराही हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

बाराही हाइड्रोपावरले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीको मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो।

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

कम्पनीले आफ्नो ५१ प्रतिशत शेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना ३.४५ मे.वा. र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मे.वा. निर्माणको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Comments

Back to top