गाजामा आक्रमण रोक्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब
राष्ट्रसंघीय उच्च अदालतले इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी गरेको छ । अन्तरराष्ट्रिय उच्च अदालतले गाजामा सैनिक गतिविधि रोक्न आपतकालीन विधि जारी गरेर आदेश दिन सक्ने अनुमान गरिएको छ ।
इजरायलले गाजामा नरसंहार मच्चाएको भन्दै दक्षिण अफ्रिकाले दायर गरेको मुद्दाको सुनुवाइका क्रममा यस्तो आदेशको संभावना रहेको बीबीसीले जनाएको छ ।
दुई साताअघि सुरु भएको मुद्दामा दुवै पक्षले आफ्ना दलिल पेश गरिसकेका छन् । इजरायले अफ्रिकाले लगाएको आरोप अस्वीकार गरेको छ । युद्ध सुरु भएयता गाजामा ज्यान २५ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् । हजारौं अङ्गभङ्ग भएका छन् । इजरायलले महिला र बालबालिकालाई लक्षित गरेर आक्रमण गरेको आरोप लागेको छ ।
Comments