मारुती सिमेन्ट्सले प्रिमियममा आइपीओ निष्कासन गर्ने

मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले कुल १ करोड १६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता २७७ रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति मागेको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

Comments

Back to top