अन्तिम कारोबार दिन पनि नेप्सेमा गिरावट, ३ अर्ब ७६ करोडको सेयर कारोबार !

बिहिबार नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०४ कम्पनीको कुल १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर ३ अर्ब ७६ करोड ४५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ९१ कम्पनीको सेयर मूल्य बढेको छ, १४१ कम्पनीको मूल्यमा गिरावट छ भने, १५ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक घटेको छ र ५ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सामलिङ पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा सिटिजन्स् म्युचुअल फण्ड रहेकाे छ जसको सेयर मूल्य ५.०३% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ६७ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै न्यागदी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top