मेयर बालेन र हर्क साम्पाङले गरे राष्ट्रियसभा चुनाव बहिस्कार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रियसभा निर्वाचन बहिस्कार गरेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौँडामा मतदान भइरहेको छ । यद्यपि मेयर बालेनको सचिवालयले भने कार्यव्यस्तताका कारण निर्वाचनमा सामेल नभएको जनाएको छ ।

धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् ।

साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् ।

व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए। प्रदेश राजधानी विराटनगरमा मतदान अन्तिम चरणमा पुगेको छ ।

Comments

Back to top