प्रिओपन सेसनमा नेप्सेमा ०.४५ अंकको वृद्धि !

बिहिबार प्रिओपन सेसनमा नेप्से ०.४५ अंकले बढेको छ।

बुधबार १०.२५ अंकले घटेर २०८८.०४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०८८.४९ मा खुलेको हो। कुल १,९९५ कित्ता सेयरको खरिदबिक्री करिब ८ लाख ७३ हजारमा कारोबार भएको छ।

 

यस सेसनमा कारोबारमा आएका २४ कम्पनीमध्ये ९ को मूल्य बढ्यो भने १३ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा भने परिवर्तन छैन।

यस अवधीमा कुल ३५ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top