नेप्सेमा १०.२५ अंकको गिरावट, सेयर कारोबार पनि घट्यो!

बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३११ कम्पनीको कुल १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर ३ अर्ब ८९ करोड ७० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८० कम्पनीको सेयर मूल्य बढेको छ, १५३ कम्पनीको मूल्यमा गिरावट छ भने, १४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ र २ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा चन्द्रागिरी हिल्स् लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा तेह्रथुम पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड १५ लाख बरबारको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top