डोनाल्ड ट्रम्प न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनावमा विजयी

डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव जितेका छन् । वासिङ्गटन पोस्टका अनुसार ट्रम्पले ११ प्रतिनिधि पाएका छन् । उनका प्रतिद्वन्द्वी निक्की हेलीले ८ प्रतिनिधि पाएकी छन् । हेली राष्ट्रसंघीय पूर्व राजदूत हुन् ।

प्राइमरीको नतिजा अनुसार न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका कुल २२ प्रतिनिधि छन् । यो प्राइमरी निर्वाचनमा जो कोही विजयी हुने राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग निश्चित हुने विश्वास गरिन्छ ।

ट्रम्पले न्यु ह्याम्पशायर जितेपछि रिपब्लिकनका लागि यो दौड समाप्त भएको विश्लेषण गरिएको छ । पूर्व राष्ट्रपतिको लागि यो महत्वपूर्ण जीत हो । यो जितसँगै ट्रम्पलाई आगामी नोभेम्बरमा पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने हैसियत बनाइदिएको छ ।

राष्ट्रपति जो बिडेन पनि डेमोक्र्याटबाट प्राइमरी चुनाव जित्ने अनुमान गरिएको छ । तर उनको पार्टी भित्रको लडाईका कारण बाइडेनको उम्मेद्वारी सहज नहुने बीबीसीले जनाएको छ ।

Comments

Back to top