नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन अवधि फागुन २३ गते समाप्त हुने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ‘लक इन’ अवधि फागुन २३ गते सकिने भएको छ ।

लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

निफ्राको २०७७ साल माघ १६ गते सेयर बाँडफाँट भएको थियो ।हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर ‘लक इन’ रहेको छ ।

फागुन २३ गतेपछि यी सेयर दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ । बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Comments

Back to top