नेप्सेमा झिनो अंकको गिरावट, सेयर कारोबार ४ अर्ब २९ करोड!

मंगलबार नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३१० कम्पनीको कुल १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर ४ अर्ब २९ करोड ४५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १०३ कम्पनीको सेयर मूल्य बढेको छ, १३७ कम्पनीको मूल्यमा गिरावट छ भने, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ७ उपसमूहको परिसूचक घटेको छ र ६ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा चन्द्रागिरी हिल्स् लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मिड सोलु हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.२०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५५ करोड ९ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top