यमनमा हुथी विद्रोहीविरुद्ध अमेरिका र बेलायत आक्रामक
अमेरिका र बेलायतले यमनमा रहेका हुथी लक्षित हवाई आक्रमणको नयाँ श्रृंखला सुरु गरेका छन् । अमेरिकी रक्षामन्त्रालय पेन्टागनले आफुहरुको पछिल्लो आक्रमण हुथीका भूमिगत भण्डारण स्थल, हुथी मिसाइल र निगरानी क्षमतालाई नष्ट गर्न केन्द्रित रहेको बताएको छ ।
पेन्टानगनले हुथीको अस्तित्वलाई मेटाउन अन्य ८ वटा लक्ष्य तय गरिएको जनाएको छ । इरान समर्थित हुथीहरूले महत्वपूर्ण लाल सागर व्यापार मार्गबाट यात्रा गर्ने इजरायल र पश्चिमसँग जोडिएका जहाजहरूलाई निशाना बनाएपछि अमेरिका सहितका पश्चिमा मुलुक आक्रोशित भएका हुन् ।
व्यापारका लागि स्वतन्त्र पारवाहनको अधिकारलाई जोगाउन आफुहरुले आक्रमण रहेको अमेरिकाको भनाई छ ।
पेन्टागनले जारी गरेको पछिल्लो संयुक्त वक्तव्यले हुथीहरू विरुद्ध अमेरिकी नीति थप कठोर बन्ने पुष्टि गरेको छ । विज्ञप्तिमा भनिएको छ , “हाम्रो उद्देश्य तनाव कम गर्ने र लाल सागरमा स्थिरता पुर्नस्थापना गर्ने हो, तर हामी वाणिज्य स्वतन्त्र पारबाहनमा हुने अवरोधलाई सहने छैनौं ।
यमनमा हुथी बिरुद्ध अमेरिकाले गरेको यो ८ औं हमला हो । ११ जनवरीमा संयुक्त हमला गरेपछि बेलायतसँगको यो दोस्रो संयुक्त अभियान हो ।
Comments