रूसी सेनामा कार्यरत रसुवाका एक युवकको निधन
रूसी सेनामा रहेको थप एकजना नेपालीको मृत्यु भएको छ ।
युक्रेनी सेनाको आक्रमणमा परेर रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको मृत्यु भएको हो । उनी पूर्व नेपाली सेनासमेत थिए। उनी गत भदौमा रुसी सेनामा भर्ती भएका थिए । तीन दिन अघि मात्रै उनको युद्वमा परेर मृत्यु भएको बताइएको छ ।
उनको घरमा श्रीमती, आमा, एक छोरा र एक छोरी छन्।
Comments