युक्रेनको ड्रोन हमलाबाट रुसको ग्यास स्टेसन ध्वस्त

युक्रेनले गरेको ड्रोन हमलाबाट रुसको सेन्ट पिटर्सबर्ग सहर नजिकै रहेको ग्यास निर्यात टर्मिनल विष्फोट भएको छ । युक्रेनी ड्रोनद्वारा रुसको एउटा प्रमुख ग्यास निर्यात स्टेसन ध्वस्त भएको बीबीसीले जनाएको छ ।

विष्फोटले उस्ट–लुगा टर्मिनलमा ठूलो आगो लागेको थियो । विष्फोटकका कारण मानवीय क्षति भने नभएको बताइएको छ । विष्फोटपछि रुसले सो क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

क्षेत्रीय गभर्नर अलेक्ज्याण्डर ड्रोजडेन्कोले युक्रेनले गराएको विष्फोटका भिडियो फुटेज सार्वजनिक गरेका छन् ।

ग्यास प्लान्टमा प्रशोधन गरिएको इन्धन युक्रेन विरुद्धको युद्धमा रूसी सेनालाई आपूर्ति गर्न प्रयोग भइरहेको दाबी गरेको छ । रुसी सेनालाई कमजोर बनाउन आफुहरुले ग्यास स्टेशन विष्फोट गराएको युक्रेनले दाबी गरेको छ ।

Comments

Back to top