इराकमा रहेको हवाई शिविरमा क्षेप्यास्त्र आक्रमण, केही अमेरिकी सैनिक घाइते
इराकमा रहेको एउटा हवाई शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा केही अमेरिकी सैनिक घाइते भएका छन्। हवाई प्रतिरक्षा प्रणालीले कयौँ ब्यालिस्टिक क्षेप्यास्त्र र रकेटहरू नष्ट गरे पनि केही क्षेप्यास्त्र शिविरमा खस्दा सैनिकहरु घाइते भएका अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
गाजा युद्ध शुरु भएयता इराकमा रहेका अमेरिकी फौजमाथि इरानसँग सम्बन्ध भएका लडाकुहरूले आक्रमण गर्ने क्रम बढेको छ । अमेरिकी सेनाको मध्य कमान्डले अमेरिकी फौजहरू बस्दै आएको अल असद हवाई बेसलाई इरान समर्थित लडाकुहरूले आक्रमण गरेको जनाएको छ ।
आक्रमणको जिम्मेवारी आफूलाई इस्लामिक रेजिस्टन्स इन इराक भनेर चिनाउने समूहले लिएको छ । यो समूह गएको वर्ष अस्तित्वमा आएको हो । इजरायल–गाजाको युद्ध प्रभावले मध्यपूर्वमा आक्रमणको दर बढ्दै गएको छ ।
Comments