रुस नियन्त्रित डोनेस्क शहरमा युक्रेनको आक्रमण, २५ जनाको मृत्यु
रुस नियन्त्रित सहर डोनेस्कमा भएको गोलाबारीमा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
मस्कोद्वारा उक्त क्षेत्रमा स्थापित नेता डेनिस पुशिलिनले यो युक्रेनको आक्रमण भएको बताए । आक्रमणमा २० जना घाइते भएका छन् ।
आक्रमण व्यस्त बजारमा भएको थियो । मृतक र घाइतेको विवरण सङ्कलन भइरहेको उनले बताएका छन् ।
घटनाबारे युक्रेनले अहिलेसम्म प्रतिक्रिया आएको छैन।
रोयटर्स समाचार एजेन्सीले प्रकाशित गरेका तस्वीरमा पसलहरू ध्वस्त भएका र सडकमा लडिरहेका शवहरू देखिएको छ ।
डोनेस्क सहर र पूर्वी युक्रेनको फराकिलो क्षेत्रका केही भाग पहिलो पटक सन् २०१४ मा रुसी समर्थित सेनाले कब्जामा लिएका थिए । त्यसबेलादेखि उक्त क्षेत्र आंशिक रूपमा मस्कोको नियन्त्रणमा छ।
Comments