नेप्से परिसूचकमा २५.६३ अंकको गिरावट, ७ अर्ब ६७ करोडको कारोबार!

आइतबार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०८ कम्पनीको कुल २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ६४ कम्पनीको सेयर मूल्य बढेको छ, १७७ कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका २ उपसमूहको परिसूचक बढेको छ र ११ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा अंखु खोला जलविद्युत कम्पनी लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था रहेका छन् जसको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा सीइडीबी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी रहेकाे छ जसको सेयर मूल्य ८.२७% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५६ करोड ७९ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हिमाल दोलखा हाइड्रो पावर कम्पनीको कारोबार भएको छ।

Comments

Back to top