पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल

काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ।

२०५२ सालदेखि विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल भए पनि काम अघि बढ्न सकेको थिएन ।

पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौति क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल भए पनि अहिलेसम्म सफल नभएको बताए ।

अहिले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम तयारीमा लागेको उनले बताए ।

युनेस्कोले दिएको मापदण्ड धेरैजसो पूरा भइसकेकाले अरु बाँकी पनि पूरा गरी पुरातत्त्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको जानकारी दिए ।

Comments

Back to top