प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कंदैछन्। असंलग्न आन्दोलन (नाम)कोे १९औँ शिखर सम्मेलनलमा भाग लिन युगान्डा गएका दाहाल आज बिहान स्वदेश फर्किन लागेका हुन् ।
प्रधानमन्त्री दाहाल बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । युगान्डाबाट नेपाली समयानुसार आज बिहान पौने तीन बजे कतारको दोहा अवतरण गरेका दाहाल त्यहाँबाट उनी नेपालतर्फ प्रस्थान गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्मेलनका लागि दाहाल गत बिहिबार बिहान अफ्रिकी मुलुक युगान्डाको राजधानी काम्पालामा प्रस्थान गरेका थिए । प्रधानमन्त्री दाहालसँगै परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायत सहभागी छन् ।
Comments