माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

माछापुच्छ्रे बैंकले माघ ५ गतेदेखि १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।

संस्थापक सेयरको प्रतिकित्ता भाउ ११३ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम माछापुच्छ्रे क्यापिटलले गर्नेछ ।

आवेदकले माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

Comments

Back to top