प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच कम्पालामा भेट

युगान्डाको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ ।

युगान्डाको राजधानी कम्पालामा शुक्रबार सुरु भएको असंलग्न आन्दोलन अभियान (नाम)का मुलुकहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेट भएको हो ।

कार्यक्रममा जानुअघि प्रतीक्षा गरिरहेको अवस्थामा भेट भएको हो । सँगै अरू देशका प्रतिनिधि समेत थिए ।

केहीदिनअघि मात्रै भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आएका थिए । सो अवसरमा पनि भेट भएको थियो ।

Comments

Back to top