सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारण सभा

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारण सभा बस्ने भएको छ । सभामा २०७८–७९ को नाफा नोक्सान हिसाब–किताब सम्बन्धमा छलफल हुनेछ ।

साधारण सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्नेछ ।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन । सभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ ।

यसर्थ, पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

Comments

Back to top